पृष्ठभूमि

नेपाल विश्वमा एकमात्र आफ्नो मौलिक पहिचान भएको देश हो । नेपाली समाज बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र भौगोलिक विशिष्ट विविधताले युक्त समाजिक संरचना भएको राष्ट्र हो । विभिन्न जातजाती, जनजाति, सांस्कृतिक, धार्मिक, भाषा र भाषीहरूको एकता नै राष्ट्रको पहिचान हो । वि.स. १८२५ (सन् १७६८) को गोरखा राज्य विस्तारको थालनी गरे पश्चात् देशको विविधतालाई राज्यबाट उपेक्षित र दमन हुँदै गयो । राणा शासन कालमा आइपुग्दा यसले कानुनी मान्यता पायो । नेपाली समाज विविधतायुक्त भए पनि राज्य भने एकल रह्यो । यसको क्रम राजा, राणा हुँदै वर्तमान प्रमुख दलहरूको नेतृत्वमा समेत विद्यमान छ । वर्तमान संविधानले जातीय, क्षेत्रीय र धार्मिक झगडा उत्पन्न गरको सर्वविदितै छ । त्यसैले २०६२÷०६३ सालको शान्तिपूर्ण जनसघर्ष पश्चात् आफ्नो देश र जनताको मुक्तिलाई समान अधिकार र पहिचान सहितको संङ्घीयताको मागलाई नेपालमा सम्पूर्ण उत्पीडित समुदाय क्षेत्रले उठाए । उत्पीडित समुदाय र अंगका जनताका यी मागहरूलाई ऐतिहासिक संविधानसभा मार्फत संस्थागत गर्नुपथ्र्यो । नेपालका प्रमुख दलहरूले जनताका आकांक्षालाई दमन गर्न संविधानमा अर्को गृहयुद्ध निम्ताउने प्रावधान सहित निषेधको राजनीति लिएर अगाडि आए । क्षेत्रीय, जातिय र साम्प्रादायिक रूपमा खडा भएका दलहरू असफलता स्वीकार गरेर अहिले मोर्चाबन्दी गरी अगाडि बढी रहेका छन साथै दलहरू आफ्नो असफलताको स्वीकार गरेर संविधान संशोधन मार्फत सचिन समेत खोजिरहेको अवश्था छ । तथापि संविधान संशोधन मात्र नभई राजनीतिक शक्तिहरू परिमार्जन हुँदै राष्ट्र निमार्णको महान अभियानमा आउन आवश्यक छ । Read More

भिडियो

अभियान